प्रदेश २ को फोरम अध्यक्षमा विजय यादव निर्वाचित

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते १०:०५ मा प्रकाशित

जनकपुरधाम, १७ वैशाख – संघीय समाजवादी फोरम नेपाल प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री विजय यादव निर्वाचित भएका छन् । निर्वाचित विजय पार्टीको केन्द्रीय कोषाध्यक्ष समेत हुन् ।

प्रदेश २ को अध्यक्ष चुन्न सोमबार राति सिरहाको लहानमा मतदान गरिएको थियो । उनको प्रतिस्पर्धामा यसअघिका अध्यक्ष रेणु यादवसँग थियो ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका विजयले रेणु यादवलाई ३७ मत अन्तरले पराजित गरे । विजयले १ सय ८४ मत पाए भने रेणुको पक्षमा १ सय ४७ मत पर्‍यो ।

प्रदेशको ५१ सदस्यीय समितिमध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो । अध्यक्ष र सदस्यको निर्वाचन भएपश्चात १० जना मनोनित गरिनेछ ।

जसमा तीन जना उपाध्यक्ष, एक जना महासचिव, एक जना सचिव र एक जना कोषाध्यक्ष चयन गरिने संघीय समाजवादी पार्टीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us