लोकसभा निर्वाचनमा खुलेआम मतदातालाई पैसा बाँड्दै उम्मेद्वार (भिडियो)

काठमाण्डु टुडे २०७६ वैशाख १२ गते ११:२० मा प्रकाशित

एजेन्सी – भारतमा यतिबेला लोकसभा निर्वाचनको चटारो छ । विभिन्न दलका उम्मेद्वार नतिजा आफ्नो पक्षमा ल्याउन हरसम्भव प्रयास गरिरहेका छन् ।

भारतीय लोकसभा निर्वाचनको मैदानमा रहेका बिजेपी विद्यायक ब्रिजेस सिंहले खुलेआम मतदातालाई पैसा बाँड्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनको चौतर्फी विरोध समेत भइरहेको छ । बन्द कोठामा मतदातालाई बोलाएर सिंहले रकम बाँडिरहेको दृष्य भिडियोमा देख्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us