
काठमाण्डु, ११ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रपतिको कार्यभार प्रदान गरेकी छन् ।
संविधानको धार ६७ को उपधार २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी ९ दिने चीन भ्रमणमा निस्किएसँगै कार्यवाहक राष्ट्रपतिको जिम्मा उपराष्ट्रपतिलाई सुम्पिएकी हुन् ।