बदेल मार्ने पासोमा परेर गौतमको मृत्यु, घटना लुकाउन साथीले यस्तो हर्कत गरे

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते ११:२१ मा प्रकाशित

बुटवल, ११ वैशाख – रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकटोलका मीनबहादुर गौतमको विद्युतीय धरापमा पर्दा मृत्यु भएको खुलासा भएको छ । वैशाख १ गतेदेखि हराएका गौतमको खोजतलास गर्दा शव गाडिएको अवस्थामा फेला परेको हो ।

बदेल मार्नका लागि स्थानीय युवा चन्द्रबहादुर थापा, नरबहादुर पुन र उपेन्द्रबहादुर शाहले थापेको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको र मृत्युपछि शव लुकाउन जंगलमा गाडिएको पाइएको प्रहरीले जनाएको छ ।

देवदह नगरपालिका–९ को जंगलमा गौतमको शव फेला परेको हो । स्थानीय रोहणी खोलामा थापिएको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको थियो ।

प्रहरीले विद्युतीय धराप थाप्ने र शव जंगलमा गाड्ने अभियुक्तहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us