डडेल्धुरा बस दुर्घटनाः पाँचै जनाको सनाखत(नामसहित)

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते ११:१० मा प्रकाशित

डडेल्धुरा, ११ वैशाख – डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्युका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, ५५ वर्षीया कल्सीदेवी गुरधामी, हरुली बोहरा, तल्कोट–४ का ४४ वर्षीय धनबहादुर घर्ती र २५ वर्षीय भारतीय नागरिक मोहोमद नासिर रहेका छन् ।

धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नं को बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको र ३४ जना घाइते भएकाे डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले बताए ।प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरिरहेको बताएको छ । घाइतेहरुलाई डडेल्धुरा अस्पताल डडेल्धुरा ल्याइएको छ । बस सडकबाट १०० मिटर तल खसेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us