डडेल्धुरामा घट्याे दुःखद घटना

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते १०:२५ मा प्रकाशित

डडेल्धुरा, ११ वैशाख – डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो ।

धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नं को बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले बताए ।

प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरिरहेको बताएको छ । घाइतेहरुलाई डडेल्धुरा अस्पताल डडेल्धुरा ल्याइएको छ । बस सडकबाट १०० मिटर तल खसेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us