
काठमाण्डु, १० वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र सरकारबीचको वार्ता बिना निस्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित कानून मन्त्रालयमा मंगलबार दिउँसो सुरु भएको औपचारिक वार्ता बिना निस्कर्ष टुंगिएको हो ।
वार्तापछि हिन्दुराज्य र राजतन्त्र पुनः स्थापनको मागलाई सरकारले सम्बोधन नगर्ने र राप्रपाका अन्य माग सकारात्मक रहेको कानूनमन्त्री भानुभक्त ढकालले बताए । त्यस्तै राप्रपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका दीपक बोहोराले पहिलो वार्ता उत्साहजनक रहेको बताए ।
राप्रपाले वार्ताका लागि वरिष्ठ नेता दीपक बोहोराको सन्योजकत्वमा समिति तीन सदस्यीय वार्ता समिति बनाएको थियो । आइतबार सरकारले वार्ताको लागि औपचारिक पत्र पठाएपछि सोमबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले यो समिति बनाएको हो ।