ओली र प्रचण्डको पहलपछि अब तातोपानी नाका खुल्छः अग्नी सापकोटा

काठमाण्डु टुडे २०७६ वैशाख ८ गते १५:३० मा प्रकाशित

काठमाण्डु, ८ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले तातोपानी नाका खुल्ने सुनिश्चित भईसकेको दाबी गरेका छन् ।

सिन्धुपाल्चोकका प्रतिनिधिसभाका सांसद समेत रहेका नेता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयासमा तातोपानी नाका खोल्ने कुरा सुनिश्चत भईसकेको बताएका हुन् ।

आइतबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भूकम्पपछि बन्द रहेको सो नाका खुलाउन आफूले सांसदको रुपमा ठूलो प्रयास गरेको पनि बताए ।

राष्ट्रका लागि करोडौंको राजस्व संकलन हुने र सिन्धुपाल्चोक जिल्लाको आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि सो नाका खुलाउन चीन सरकारसँग पहल गर्नु परेको नेता सापकोटाको भनाई छ ।

नेता सापकोटाले नेपालले सुरक्षा चुनौति हुन नदिने प्रतिवद्धता जनाएपछि चीन सरकार सो नाका खुलाउन तयार भएको पनि स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us