
कञ्चनपुर, २ वैशाख– कञ्चनपुमा प्रेमिका भेट्न गएका बेला एक युवकको हत्या भएको छ ।
हराएको पाँच दिनपछि प्रहरीले कृष्णपुर नगरपालिका–८ का १९ वर्षीय सुविल बडायकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सोमबार शव फेला पारेको हो । प्रहरीका अनुसनर बडायकको शव कृष्णपुर नगरपालिका–७ स्थित उग्रतारा सामुदायिक वन छेउको नेउरा खोला किनारामा गाडेको अवस्थामा भेटिएको हो । परिवारले बडायक गत २८ चैतमा विवाहमा जन्त गएदेखि हराइरहेको भन्दै खोजविन गरिदिन प्रहरीमा निवेदन दिएका थिए । विवाहमा सहभागी भएर प्रेमिका भेट्न गएका बेला कृष्णपुर–७ का १८ वर्षीय अयोध्या राना र १७ वर्षीय प्रमोद रानाले बडायकलाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।
हत्यापछि उनीहरुले नै खोला किनारमा लगेर शव गाडेका थिए । प्रहरीले रानाद्वयलाई पक्राउ गरेको छ । बयानका क्रममा उनीहरुले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । बयानका क्रममा रानाद्वयले आफूहरुले पहिला कुटपिट गरेको र पछि बञ्चरोले टाउको काटेर हत्या गरेको बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिनेश आचार्याले जानकारी दिए । उनले हत्यामा संलग्न अयोध्या रानाले आफ्नी पूर्वप्रेमिकासँग प्रेम गरेकाले सुविलको हत्उा गरेको बयान दिएका छन् ।