बिहेमा गएका युवकको विभत्स हत्या, युवती पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख २ गते १७:०९ मा प्रकाशित

कञ्चनपुर, २ वैशाख – कञ्चनपुरको कृष्णपुरमा एक युवकको विभत्स हत्या भएको छ । चार दिन अघि वेपत्ता भएका कृष्णपुर नगरपालिका ७ का युवक सुबिल बडायकको हत्या भएको हो ।

उनी २८ चैत्र कलुवापुर गाउँमा विवाहमा गएको समयदेखि बेपत्ता रहेका थिए । बडायकले टाउको र शरिर अलग भएको अवस्थामा सोमबार खोलामा शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

रैकवार विचुवा प्रहरी चौकीका इन्चार्ज दिल बहादुर कुँवरले लम्बाचदरको न्युरा खोलामा बडायकको शव फेला परेको बताए । बडायकको शव परीक्षणको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।

प्रहरी नायब निरीक्षक कुँवरकाअनुसार हत्याको आशंकामा तीन जना युवतीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us