साहित्यिक गफ हान्दाहान्दै पक्राउ परे ‘रसुवाली कवि’

काठमाण्डु टुडे २०७६ वैशाख २ गते १६:०४ मा प्रकाशित

काठमाण्डु, २ वैशाख – ‘रसुवाली कवि’का नामले परिचित कवि तथा पत्रकार ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेता भएको भन्दै पक्राउ गरेको छ ।

बालाजुको हिलेगाउँ क्षेत्रबाट उनले सशस्त्र प्रहरीको सादा पोसाकको टोलीले सोमबार बिहान साढे १० बजे पक्राउ गरेका हो । उनी बालाजुको एक चिया पसलमा साहित्यिक गफ हान्दै गर्दा पक्राउ परेका थिए ।

रसुवाको कालिका गाउँपालिका–३ का बासिन्दा उनी काम विशेषले काठमाण्डु आएका उनलाई विशेष सूचनाका आधारमा सशस्त्रको टोलीले पक्राउ गरेको बताइएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us