
झारखण्ड, २ वैशाख – भारतको झारखण्ड राज्यको बेल्भाघाट जंगल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपीएफ) र माओवादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । ‘दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,’ सीआरपीएफले जनाएको छ ।
भिडन्तमा मारिएका माओवादीबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन र चारवटा पाइप बम फेला पारेको छ ।
उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ । रासस