ओली भन्छन्– हाम्रो सम्पत्ति खोज्ने जिम्मा दुश्मनको

काठमाण्डु टुडे २०७६ वैशाख १ गते १५:४८ मा प्रकाशित

काठमाण्डु, १ वैशाख – नेपाल कम्युनिष्टका महासचिव विष्णु पौडेल बालुवाटारको सरकारी जग्गा किने विषयमा विवादमा मुछिएका छन् । सरकारले मुअब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासको चर्चेको जग्गा व्यक्तिको नाममा गएको विषयले खुबै चर्चा पायो ।

देशको प्रधानमन्त्री बस्ने सरकारी जग्गा नेकपा महासचिव पौडेलको नाममा पनि रहेको खुलेपछि नेपाली राजनीति खुबै तात्यो । महासचिव पौडेलले आफूले उक्त जग्गा जानाजान नकिनेको र आफू तेस्रो व्यक्तिबाट ठगिएको प्रष्टिकरण दिए । महासचिवले उक्त जग्गा आफूले कानुनबमोजिम मालपोत कार्यालयबाट जग्गा खरिद गरेको बताए ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘समाचारहरूमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका कुनै सदस्यको संलग्नता नरहेको बेहोरा सबैलाई जानकारी गराउँछु । यस प्रकारका समाचारबाट भ्रममा नपर्न सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

यता सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले महासचिव पौडेल बालुवाटारको जग्गामा संलग्न नभएको प्रष्टिकरण दिए । उनले महासचिवको उक्त कार्यमा संलग्नता नरहेको बरु दलालबाट ठगिएकाले उल्टै क्षतिपूर्ति पाउनुपर्ने माग गरे । सत्तामा पुगेर चर्चा कमाएका नेताहरु केही न केही विवादमा तानिएकै हुन्छन् । जतिसुकै भ्रष्टचार गर्दिन भन्ने माइकेलाल पनि सानो तिनो लालचमा फसेकै हुन्छन् । अहिले यो विषयले जति छिटो चर्चा बटुल्यो त्यति नै छिटो सेलाउँदै गयो ।

अब कुरा गरौं तत्कालिन एमाले अध्यक्ष एवं हालका प्रधानमन्त्री केपी शर्मा ओलीको । एक अन्तरवार्तामा ओलीले संघर्षपूर्ण आफनो जीवन पैसा कमाउनका लागि नभएको दाबी गरे । गोलघरमा बस्दाको पीडादायी क्षण सुनाउँदै गर्दा ओलीले आफ्नो जीवन फाउको भएको उल्लेख गर्दै जनतामा समर्पित रहेको दाबी गरिरहेका थिए । तपाईसँग सबै सम्पतिको आयस्रोत छ त भन्ने प्रश्नमा ओलीले चलाखीपूर्ण ढंगले उल्टै प्रश्न तेर्साए– आय स्रोत नभइ सम्पति कहाँबाट आयो त ? कमिसन खान्न, भ्रष्टचार गर्दिन ।

यसो भनिरहँदा ओलीको बोली ओझपूर्ण सुनिएको थियो । तर, जब उनलाई उनको सम्पत्तिको स्रोतका बारेमा प्रश्न गरियो, ओझपूर्ण भाव एकाएक व्यंग्यपूर्ण बन्यो । उत्तरको सार थियो – मेरो सम्पति विरोधलीले खोज्लान् नि ?

प्रधानमन्त्रीले भनेजस्तै नेताहरको जग्गा दुस्मनले मात्र खोज्ने हो त ? यसको उत्तर स्वंय नेताहरुले मात्र दिन सक्लान । नेपाली राजनीतिमा यस्ता विषय बेलाबेलामा चर्चामा आइरहन्छन् । तर, कारबाहीको मतियार भने कोही पनि बन्दैनन् । पछिल्लो समय सम्पति विवरण लुकाउने परम्परा बढेर गएको छ ।

अवैध सम्पतिको विषयमा चासो राख्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि ठूलठूला भ्रष्टचारीसम्म पुग्न सकेको छैन् । प्रधानमन्त्रीले भ्रष्चारविरुद्ध सुन्य सहनसिलता अपनाउँदै गर्दा स्वंय नेताहरुकै सम्पति विवरण प्रष्टसँग बाहिरिन सकेको छैन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us