फुटबल क्लबमा आगलागी, १० जना खेलाडीको जलेर मृत्यु

काठमाण्डु टुडे २०७५ माघ २६ गते १३:०३ मा प्रकाशित

एजेन्सी – ब्राजिलको अत्याधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गोमा आगलागी भएको छ । आगलागीबाट फुटबल क्लबका १० जना खेलाडीको मृत्यु भएको छ ।

क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ ।

रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us