काठमाण्डु, २५ माघ – बिग ब्यास लिग क्रिकेटमा ब्रिसबेन हिटविरुद्धको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने टिममा परेका छन् ।
टस हारेर पहिले ब्याटिङ गर्न लागेको मेलबर्न स्टार्समा सन्दीप पनि टिममा परेका हुन् । बंगलादेश प्रिमियर लिग र नेपाल र यूएईबीचको सिरिज खेलेर बिग व्यासका लागि अस्ट्रेलिया फर्किएका सन्दीपले आफ्नो टिमका लागि चार खेलबाट आठ विकेट लिइसकेका छन् ।
सन्दीपसँगै टिममा कप्तान ग्लेन म्याक्श्वेल, बेन डुन्क, मार्कुस स्टोइनिस, पिटर ह्यान्डस्कोम्ब, निक मडिन्सन, सेब गोट्च, ड्वायन ब्राभो, ज्याकसन विर्ड, ड्यानियल वोरल र एडम जाम्पा रहेका छन् ।