पारस डेढ महिनादेखि जेलमा !

काठमाण्डु टुडे २०७१ पुष ७ गते २:०८ मा प्रकाशित

काठमाण्डु, ७ पुस– अवैध लागूऔषध सेवनका कारण थाइल्यान्डमा पटक–पटक पक्राउ परेका पूर्वयुवराज पारस शाह डेढ महिनादेखि थाइ कारागारमा बस्न बाध्य भएका छन् । उनी गत कात्तिक महिनाको अन्तिम सातादेखि थाइल्यान्डको रुङखाइस्थित कारागारमा रहनुपरेको छ ।

paras
पछिल्लो पटक अवैध लागूऔषधसहित पक्राउ परेका पारसको मुद्दामा थाइ अदालतले अन्तिम फेसला गरेको छैन । आगामी २७ डिसेम्बरमा उनको मुद्दाको पेसी रहेको छ । यसअघि मुद्दाको म्याद गुजारेको अभियोगमा थाइ अदालतले उनलाई पुर्पक्षका लागि भन्दै कारागार पठाउने निर्णय गरेको थियो ।

पारसले तीनपटक मुद्दाको म्याद गुजारी सकेका थिय । स्रोतका अनुसार कारागारमा पुगेपछि पारसको कपाल मुण्डन गरिएको छ । थाइ प्ररहीले उनको कपाल मुण्डन गरेको हो । यसैगरी उनको ड्रेसअप पनि बदलिएको छ ।

उनकी प्रेमिका कन्निका चान्साई भने अझै पारसको सम्पर्कमा छन् ।

राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us