
इलाम, २७ मंसिर–लुम्दे गाविसस्थित आफ्नै घरबाट हराइरहेका एक बालक तीन सातापछि मृत अवस्थामा फेला परेको छ ।
मंसिर ५ गतेदेखि हराइरहेका लुम्दे–५ का १२ वर्षीय भुपेन आलेमगर झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
खोजीका क्रममा घर नजिकै करिब ८० मिटर तल एउटा सानो रुखमा भुन्डिएको अवस्थामा गएराति उनी फेला परकोे परिवारजनले इलाका प्रहरी कार्यालय देउमाई नगरपालिकामा खबर गरेका थिए ।
किन र के कारणले बालकले आत्महत्या गरे भन्ने बारेमा केही थाहा नभएको र अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लालध्वज सुवेदीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।