पाकिस्तानको बलुचिस्तानमा बम विष्फोट

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते ९:२९ मा प्रकाशित

Pakistan

क्वेटा, १८ मंसिर– सधैं अशान्त भइरहने दक्षिण–पश्चिम पाकिस्तानमा बिहीबार बिहान एक बम विष्फोट भएको समाचार छ । विष्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका छन् ।

घाइते हुनेमा दुईजना विद्यालयका बालबालिकासमेत रहेका बताइएको छ ।

दक्षिण–पश्चिम बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटाको बाहिरी इलाकामा बिहानको व्यस्त समयमा सो विष्फोटन भएको जनाइएको छ ।

विष्फोटनमा परी साइकलमा आइरहेका एक यात्रुको मृत्यु हुनुको साथै १० र १२ वर्षीय विद्यालयका दुई विद्यार्थीसहित आठजना घाइते भएका सो प्रान्तमा गृह सचिव अक्बर हुसानीले समाचार माध्यमहरुलाई बताएका छन् ।

सो बम विष्फोटमा परी एक विद्यालयको भ्यानसमेत क्षतिग्रस्त भएको बताइएको छ । एक कारमा योजना गरिएको सो बम कसलाई लक्ष्य गरी विष्फोट गराइएको हो भन्ने प्रष्ट भएको छैन ।

बम विष्फोट भएको सो इलाकामा सुरक्षाकर्मीहरु पनि गस्तीमा रहेका तर विष्फोटबाट कोही पनि सुरक्षाकर्मी भने हताहत भएका छैनन् । यस विष्फोटनको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएका छैनन् ।

बलुचिस्तान पाकिस्तानको ठूलो तर कम विकसित प्रान्तका रुपमा रहेको छ । यहाँ सुन्नी र सिया मुसलमान समुदायको बीचमा हिंसा भइरहेको पाइन्छ ।

पाकिस्तानको मानव अधिकारी आयोगले गत अक्टोबरमा प्रकाशित एक प्रतिवेदनका अनुसार बलुचिस्तानमा गत १० वर्षयता भएका हिंसामा सिया मुसलमान समुदाय र हिन्दुलगायत तीन लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us