माओवादी युद्धमा लाग्दा बेघर भएका बुढाको ओढारमा बास

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते १:३० मा प्रकाशित

रोल्पा, १४ मंसिर– सशस्त्र युद्दमा लाग्दा नेतालाई निकै फाइदा भयो होला तर त्यही युद्दमा लागेका एक जनाले आफ्नो घर जोड्न सकेका छैनन् ।
बस्ने घर नभएपछि उनको बास ओडारमा भएको छ । बुढागाउँका प्रशान्त अर्थात् वेदबहादुर बुढामगरको अहिलेसम्म आफ्नो घर छैन ।

माओवादीले २०५२ सालमै युद्द सुरु गर्दा त्यसमै होमिएका प्रशान्तको परिवार ओढारमा बस्दै आएको छ । त्यसो त उनले युद्दमा लाग्दा र त्यसपछि पनि सम्पत्ति जोड्ने सपना कहिल्यै देखेनन् । न त कुनै सुविधाको खोजीमै लागे । ‘युद्दमा होमिएदेखि नै परिवार लथालिंग बन्यो ।

छोराले एउटा घर बनाउला र बास बस्ने होला भन्ने सपना जप्दाजप्दै आमा बित्नुभयो,’ प्रशान्तले भने । उनी किसान संगठनमा आवद्द हुँदै कम्युनिष्ट राजनीतिमा लागेका थिए ।

पछि लडाकु दस्तामा भर्ना भए । २०५७ मा आमा पम्फीको मृत्यु भएपछि उनी निकै दु:खी बने ।

‘घर नजोडिकनै आमा बितिन्, परिवारका लागि खर्च अभाव पनि हुँदै गयो । युद्द अवधिमा आमाले बोल्दै आएको चाहना बिर्सन नसकिएको उनले बताए कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us