सार्क सम्मेलनले विकासको ढोका खोल्ने छः अर्थविद

काठमाण्डु टुडे २०७१ मंसिर १० गते १६:१३ मा प्रकाशित

saarcकाठमाण्डु, १० मंसिर– दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन ‘सार्क’ को १८ औं शिखर सम्मेलनको उद्घाटन समारोहमा राष्ट्राध्यक्ष र सरकारप्रमुखलेगरेको सम्बोधनलाई अर्थविदएवम कुटनीतिज्ञहरुले सार्क क्षेत्रको शान्ति, स्थायित्व र समृद्धिको लागि सकारात्मक कदम भएको बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लमा भएको साक्षात्कारमा उनीहरुले एकै स्वरमा भने  ‘यो सम्मेलनले सार्क क्षेत्रका जनताको भविष्य उज्जवल बनाउनको लागि मार्गचित्र कोरेको छ, अब एजेण्डा थोरै कार्यन्वयन धेरैका साथ अगाडि बढ्नुपर्छ । विगतमा कार्यान्वयन भएको थिएन तर अब कार्यन्वयनको आशा पलाएको छ ।’
उनीहरुले राष्ट्र प्रमुखहरुले दिएको अभिव्यक्तिले सार्क छिट्टै विश्वमै शक्तिशाली संगठन बन्ने सक्ने समेत दाबी गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोग का उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले सार्क क्षेत्रमा दरिलो लगान ीभित्रिने हो भने यो क्षेत्र आर्थिक रुपमै समृद्ध हुने बताए ।
पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रमै तरङ् पैदा गरेको भन्दै लगानी यसैगरि वृद्धि गर्न सकिए छिट्टै सार्कले आर्थिक हिसाबले कायापलट गर्ने समेत ठोकुवा गरे ।
पोखरेलले सार्क जनसंख्या र आर्थिक सम्भाव्यताको आधारमापनिविश्वमा नै शक्तिशालीहुने धारणा राखेका छन् । उनले भने–‘ लगानीभित्रियो भने रोजगार सिर्जना हुन्छ, यूवाहरु विदेश पलायन हुनबाट रोकिन्छन् र राष्ट्रको समृद्धिको ढोका खुल्छ । ’
पोखरेलले नेपालले पनिजलविद्युतको ठूला आयोजनाहरुमा छिट्टै सम्झौतागर्ने भन्दै माथिल्लो तामाकोशीमा पनि नर्वेजियन सरकारसँग छिट्टै पिडिए गर्ने समेत जानकारी दिए ।

उनले सार्क क्षेत्रमा कुटनितिक कनेक्टिभिटिलाई बढावा दिन सके एक अर्काबीच लगानीको वातावरण बन्न सक्ने समेत स्पष्ट पारे । अहिले नेपालको वातावरण लगानी मैत्री भएको भन्दै नेपालका विभिन्न क्षेत्रमा लगानी गर्नको लागि करिब साँढे ११ खर्ब भन्दा बढीको प्रतिबद्धता आईसकेको समेत जानकारी दिए ।

उनले भने, ‘नेपालमा अन्र्तराष्ट्रिय समुदायले लगानी गर्नको लािग चाहिरहेका छन, हामीलाई धेरै देशबाट लगानीको प्रस्ताव आईरहेको छ, खासगरी उर्जा क्षेत्रमा विदेशी लगानी कर्ताहरु उत्साहित भएका छन् ।’

योजना आयोगका पूर्वउपाध्यक्ष एवम् पूर्वराजदुत डा. शंकर शर्माले सार्क क्षेत्र जनसंख्या तथा आर्थिक सम्भावनाको हिसाबले समेत महत्वपूर्ण रहेको भन्दै खास गरी भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्ध स्थिर रहे दक्षिण एसियाले ठूलो फड्को मार्ने बताएका छन् ।
शर्माले सार्क राष्ट्रहरुबीच द्विपक्षीय सम्बन्ध समेत स्तरोन्नति भइरहेको उल्लेख गर्दै यही ढंगले अघि बढे यो क्षेत्र विश्वकै नमुना क्षेत्रको रुपमा चिनिने समेत धारणा राखेका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीहरुलाई उच्च प्राथमिकतामा राखेको भन्दै मोदीले ल्याएको लगानीअवधारणा सम्झौतालाई पारित गर्न सकिएआर्थिक रुपमा समेत छलाङ् मार्न सकिने बताए । उनले भने, राजनीतिक कुराहरु मिल्नसके यो क्षेत्रले नयाँ मोड लिन्छ ।’
पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले सार्क विश्वमै उदयीमानशक्तिभएको भन्दै सार्कलाई पर्यवेक्षक राष्ट्रहरुले समेत उच्चमहत्वदिएको तर सार्क सदस्यहरुले नै यसको महत्वबुझेर समेत कामगर्न नसकेकोमागुनासो पाखेका छन् । श्रेष्ठले विश्व अर्थतन्त्रमा चीनको भूमिका अत्यन्त महत्वपूर्ण भएको भन्दै उसलाई पनि सार्कमा वार्ताकार, आर्थिक साझेदारी र सार्क प्लस एकको रुपमाल्याउनुपर्ने धारणा राखेका छन् ।
उनले भारतको विकासका लागि चीनले ठूलो लगानी गरेको चर्चा गर्दै नेपालको आर्थिक विकासको लागि चीनलाई लगानी गर्ने वातावरण तयार गरिदिनुपर्ने बताए । श्रेष्ठले भारत र चीनबीचको आर्थिक पुल बनेर नेपालले काम गर्नुपर्ने समेत सुझाव दिएका छन् । उनले दक्षिण एशिया विश्वकै ठूलो जनसँख्या भएको क्षेत्र भन्दै यसको आर्थिक बजारलाई मुल्यांकन गर्दै अघि बढ्न समेत सदस्य राष्ट्रहरुलाई सुझाव दिएका छन् ।
अर्थविद डा.पोषराज पाण्डेले १८ औं शिखर सम्मेलनको उद्घाटन समारोहमा राष्ट्र प्रमुखहरुले दिएको अभिव्यक्तिले विकास तथा साझेदारीमा जोड दिएको उल्लेख गर्दै यही अनुरुप अघि बढ्न सके सार्क आगामी दिनमा सार्क क्षेत्र  शान्ति, स्थायित्व र समृद्ध हुने समेत बताएका छन् । उनले सबै सदस्य राष्ट्रका प्रमुखहरुले व्यापार, लगानी र उर्जा विकासमा जोड दिएको चर्चा गर्दै गरिएका घोषणाहरु कार्यन्वयन गर्न सकिएको खण्डमा यो क्षेत्र साँच्चिकै विकसित बन्ने समेत दाबी गरे ।
यद्दपी पाण्डेले मोदीको सके क्षेत्रिय रुपमै सँगै अघि बढ्ने नसके केही राष्ट्रहरु मिलेर भए पनि अघि बढौं भन्ने भनाइलाई उदृत गर्दै यसले क्षेत्रिय रुपमाविकास हुन कठिनाई हुने समेत आशंका व्यक्त गरे ।
त्यस्तै पूर्वराजदुत प्रद्युम्नविक्रम शाहले सार्कले सबै राष्ट्रहरुले मिलेर अघि बढ्नुपर्छ भन्ने अवधारणा अख्तियार गरेको उल्लेख गर्दै यो क्षेत्रका मानिस–मानिसबीचको सम्बन्ध स्थापित गर्न सकिए यसले ठूलो फड्को मार्ने समेत दाबी गरेका छन् ।
उनले भएका निर्णयहरुलाई कार्यन्वयन गर्दै अघि बढ्न सके विकासले ठोस बाटो लिने समेत दाबी गरे । शाहले सार्क क्षेत्रमै उत्पादित वस्तुहरु एक अर्कामा आयात तथा निर्यात गर्न सके अन्तर्राष्ट्रिय बजारको रुपमा समेत यो क्षेत्र विकास हुने विश्वास व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us