काठमाण्डु, १० मंसिर– सार्क राष्ट्रका राष्ट्राध्यक्ष/सरकारप्रमुख बसेको होटल सोल्टीमा द्विपक्षीय महत्वपूर्ण भेटवार्ता भइरहेका छन् ।
यसैक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र सार्कलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
त्यसैगरी मोदीले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदसँग पनि भेटवार्ता गरेका छन् । सो भेटमा दुई देशबीचको व्यापार विस्तार, आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।