मैले रक्सी खाएर एसपीको फुली थुतेको होइन: पत्रकार बानियाँ

काठमाण्डु टुडे २०७१ मंसिर १० गते १५:५१ मा प्रकाशित

prem baniyaकाठमाण्डु, १० मंसिर– न्यूज २४ टेलिभिजनका पत्रकार प्रेम बानियाँले आफूले रक्सी पिएर प्रहरीको एसपीको फुली थुतेको भन्ने समाचारको खण्डन गरेका छन् ।
चितवनमा गत १ मंसिरमा भएको होटल उदघाटनका बेला मादक पदार्थ सेवन गरी जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाको फुली थुतेको समाचार जनआस्था साप्ताहिकमा छापिएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूविरुद्द दुस्प्रचारको खेल चलिरहेको र त्यसबाट आफू दु:खी रहेको बताएका छन् ।

समाचारलाई अतिरञ्जित लखेटाइको संज्ञा दिँदै बानियाँले समाचारको सत्यता पुष्टि गर्न चुनौती दिएका छन् ।

‘प्रिय साथीहरु इतिबेला मेरो विरुद्ध जस्तो प्रकारले दुस्प्रचारको खेल चलिरहेको छ यसबाट म अत्यन्त दु:खी र मर्माहत छु ।

दुस्प्रचारमा उल्लेख भएअनुसार न म कुनै होटलको उदघाटन कार्यक्रमका लागि गएको थिएँ, न कुनै पुलिस अफिसरको फुली खोस्ने दम्भ र दुस्साहस नै मसँग छ’, बानियाँले अगाडि भनेका छन्, ‘अनि फुली खोस्दा पनि चुप लागेर बस्ने एसपी नेपालमा को होला ?’
यस्तो छ बानियाँका बारेमा जनआस्थाले छापेको समाचार

पहिले सिन्धुपाल्चोक बसिसकेका चितवनका एसपी सहकुल थापाले सम्झाउन खोजे, ‘भाइ तपाईं सार्वजनिक रुपमा परिचित, स्क्रिनमा देखिएको, सबैले चिनेको मान्छे । यसरी अति नै पिएर हो–हल्ला गर्दा राम्रो देखिन्न, सुहाउँदैन ।’

काठमाण्डुबाट एउटी नायिकासँगै भरतपुर गार्डेन रिसोर्टको उदघाटन डिनर खान चितवन पुगेका पावर न्यूजवाला पत्रकार प्रेम बानियाँले ‘म आईजीसँग बसेर रक्सी आने मान्छे । तँ को होस्, मलाई सम्झाउने । डिस्टर्व गर्ने ? कति खानुपर्छ भनेर सिकाउने ?’ उनले थापाको फुली समातेर तान्दै भने, ‘तेरो के हैसियत छ ?’
प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एलडिओसँग बसेर डिनर खाइरहेका सहकुल निरीह देखिए । कसैले बोल्ने आँट गरेनन् । मंसिर १ गतेको साँझ त्यहाँ बानियाँको राज चल्यो ।

भरतपुरका ५० जना व्यापारी मिलेर १७ करोड लगानीमा त्यो रिसोर्टमा मात्र होइन प्रेमले हाइटी जाँदा क्याप्टेन बुद्ध थेबेलाई समेत यसरी नै रक्सीले मातेका बेला यौन दुव्र्यवहार गरेका थिए ।

उनलाई त्यसबेला पेस्तोल निकालेर गोली ठोक्नै लागिएको थियो । धन्न बाँचेर आए ।

पछिल्लो घटनाप्रति आपत्ति जनाउँदै उजुरी आएपछि पत्रकार महासंघ र प्रेस काउन्सिलले पत्रकार आचारसंहितामाथि पुनरावलोकन गर्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us