
काठमाण्डु, १० मंसिर– राप्रपा नेपालबाट निष्काशनको कारबाहीमा परेका नेता पदमसुन्दर लावती र उनका पुत्र सगुन लावतीले हिम्मत भए केन्द्रीय कार्यसमितिमा आफूहरुले उठाएका एजेण्डामा छललफल गराउन अध्यक्ष कमल थापालाई चुनौती दिएका छन् ।
लावती बाबुछोराले बिहीबार विज्ञप्ति जारी गरी आफूहरुमाथि गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन् ।
अध्यक्ष थापाले हतास मानसिकता देखाएर प्रचलित कानून र पार्टी विधानविपरीत स्पष्टीकरणको मौका समेत नदिर्इ ठाडै निष्काशन गरेको उनीहरुको भनाइ छ ।
पार्टी अनुशानविपरीत समानान्तर गतिविधि गरेको आरोपमा थापा पक्षले बुधबार लावतीद्वयलाई निष्काशनको निर्णय गरेको थियो ।
विज्ञप्तिमा लावती बाबुछोारले आफूहरुले चलाएको देशव्यापी सुदृढीकरण अभियानको सफलताबाट अत्तालिएर थापाले स्वेच्छाचारी र गैरराजनीतिक कदम चालेको आरोप लगाएका छन् ।
आफूहरु पार्टी एकतौ पक्षमा रहेको भए पनि अध्यक्ष थापा पार्टी फुटाउन उद्दत हरेको आरोप उनीहरुको छ ।