
काठमाण्डुु, १० मंसिर– मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजधानी छाडेका छन् ।
उनीसहित सो पक्षका आधादर्जन बढी नेता पनि काठमाण्डु बाहिर गएका छन् । यसरी बाहिरिनेमा चन्द, पोलट्ब्यिुरो सदस्यद्वय धर्मेन्द्र बास्तोला र खड्गबहादुर विक, केन्द्रीय सदस्यहरु अनील शर्मा, सन्तोष बुढामगर, सावित्रा दुरा, ओम पुन, भरत बम, सुदीप मल्लल लगायत करिब ६० भन्दा बढीले राजधानी छाडेका छन् ।
स्रोतका अनुसार पार्टी केन्द्रीय कमिटी गठन, भावी कार्यदिशालगायत विषयमा छलफल हुने बताइएको छ ।
नयाँ पार्टीमा विप्लव कार्यकारी अधिकारसहितको महासचिव हुनेछन् । नाम भने नेकपा–माओवादी नै राख्ने निश्चित भएको केन्द्रीय सदस्य मल्लले बताए ।
उनले आफूहरु भूमिगत भएको नभई बैठकका लागि मात्र काठमाण्डुबाहिर गएको प्रष्ट्याए ।