सार्कमा सुशील कोइरालाले सबैले बुझ्ने गरी बोलेपछि…

काठमाण्डु टुडे २०७१ मंसिर १० गते १३:२१ मा प्रकाशित

PM Delivers Remarks at 18th SAARC Summitकाठमाण्डु, १० मंसिर– ७८ वर्षीय अविवाहित प्रधानमन्त्री सुशील कोइरालाको बोली प्रष्ट छैन ।

युवा अवस्थामा प्रष्ट बोल्ने उनको बिज्रोमा क्यान्सर भयो । क्यान्सरको उपचार त गराए तर बोली पहिलेको जस्तो भएन । वास्तविकता थापा नपाउनेले उनको बोलीलाई व्यक्तित्वसँग जोड्ने गरेका छन् । बोली अस्पष्ट भएकाले कोइरालालाई व्यक्तित्वहीन ठान्नेहरु धेरै छन् ।

बोलीकै अस्पष्टताका कारण कतिपय बेलाबेलामा अपमानितसमेत गर्ने गरेका छन् । सामाजिक सञ्चालहरुमा पनि उनको अस्पष्ट बोली मानिसहरुको असन्तुष्टि जनाउने माध्यम बनेको भेटिन्छ ।

काँग्रेसका तीन शीर्ष नेता सुशील, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले एकअर्काले बोलेको कुरै नबुझ्ने भन्दै ठट्टा समेत गर्ने गरिएको छ ।
तर राजधानीमा बिहीबार सुरु सार्क सम्मेलनमा कोइरालाको बोली प्रष्ट सुनियो ।

त्यसमा पनि नेपालीमा नभई अंग्रेजीमा । आयोजक राष्ट्रका हैसियतमा कोइरालाले सार्कको अध्यक्षता गरे । माल्दिभ्सका राष्ट्रपतिले अध्यक्षता हस्तान्तरण गरेपछि उनले धन्यवाद मन्तव्य दिए ।

त्यसपछि उनले मर्यादा क्रमका आधारमा सार्कका सरकार तथा राष्ट्र प्रमुख र नौ पर्यपेक्षक मुलुकका प्रतिनिधिलाई मञ्चमा बोलाएर मन्तव्य दिन आग्रह गरे । पाहुनालाई मञ्चमा बोलाउने क्रममा र बोलेर गएपछि उनी सम्मानसूचक शब्दहरुले बैठकलाई सम्बोधन गर्थे ।

अघिपछि जस्तो वा नेपालीमा बोल्दा जस्तो कोइरालाका मुखबाट सायदै अस्पष्ट शब्दहरु छुटेका थिए । त्यसमा पनि अंग्रेजीका जटिल शब्दहरुको समेत सही र प्रष्ट उच्चारण गरेपछि सुन्नेहरु सबै छक परे । अघिपछि नेपालीमा बोल्दा उनका कतिपय कुरा संकेतमा मात्रै बुझ्नुपथ्र्यो ।

तर अंग्रेजीमा कोइरालाले निकै शुद्ध र बुझिने गरी बोलेका थिए ।

हुन त उनी राजा महेन्द्रले ०१५ सालमा राजनीतिक ‘कू’ नगरेको भए बलिउड हिरो बन्न अमेरिका जाने तयारीमा थिए । बलिउडकै हिरो बन्न त अंग्रेजी जानेकै हुनुपर्‍यो ।  कोइरालाको अंग्रेजी पहिल्यैबाट राम्रो रहेको नजिक सम्बन्ध भएकाहरु बताउँछन् ।

पछि उनकै सहयोगमा काँग्रेसमाथि प्रतिबन्ध लागेपछि सुशील आफूलाई अंग्रेजी सिकाउने भारतीय पत्रकारकै सहयोगमा कोलकत्ता पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us