काठमाण्डु, १० मंसिर– अफगानीस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले सार्क मुलुकभित्र एक देशबाट अर्को देशमा जान भिसा फ्रि हुनुपर्ने बताएका छन् ।
१८ औं सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दै धानीले दक्षिण एसियालाई भिसा फ्रि बनाउनुपर्ने धारणा राखेका हुन् ।
उनले जारी सम्मेलनले नै त्यस सम्बन्धमा ठोस निर्णय लिनुपर्नेमा जोड दिए । उनले सार्क सदस्य राष्ट्रहरुले आफ्नो भूमि एकअर्का विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनुपर्ने दोहोर्याए ।
उनले सिमापार अपराधविरुद्ध एकजुट हुन सदस्य राष्ट्रहरुलाई आग्रह गरे । ‘हामी दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि छिमेकीसँग सहकार्य गर्न चाहान्छौ’, घानीले भने, ‘आजका दिन हामीले भन्नैपर्ने हुन्छ कि आफ्नो भूमि छिमेकीका विरुद्धमा प्रयोग हुन दिने छैनौं ।’