पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘सार्कले चीनसँग सहकार्य गर्नुपर्छ’

काठमाण्डु टुडे २०७१ मंसिर १० गते ५:३९ मा प्रकाशित

SRK_4286काठमाण्डु, १० मंसिर– पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सार्कले चीनसँगको सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाण्डुमा सुरु १८ औं सार्क शिखर सम्मेलनमा सरिफले विश्व आर्थिक महाशक्ति बन्दै गरेको चीन दक्षिण एसिया क्षेत्रको विकासका लागि महत्वपूर्ण साझेदार हुन सक्ने बताए । उनले घुमाउरो शैलीमा चीनलाई सार्क सदस्य बनाउनुपर्ने प्रस्ताव राखे । चीन अहिले सार्कको पर्यवेक्षक राष्ट्र हो ।

पछिल्लो समय चिनियाँ अधिकारीहरुले सार्कमा आफ्नो भूमिका खोजिरहेका बेला सरिफको यो अभिव्यक्तिलाई महत्वका साथ हेरिएको छ ।

‘चीन विश्व शक्तिमा उदाउँदै गरेको मुलुक हो’, सरिफले भने, ‘दक्षिण एसियाको आर्थिक विकासमा चीनको सहमार्य जरुरी भइसकेको छ ।’ उनी नेपाल आउने क्रममा विशेष विमानमार्फत चीन भएर आएका थिए ।

उनले भारततर्फ संकेत गर्दै आपसमा लड्नुको साटो सबै मिलेर सार्क क्षेत्रमा विद्यमान गरिबी, अशिक्षा, बेरोजगारीजस्ता साझा समस्या समाधानमा जुट्नुपर्ने जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us