पर्सा, १० मंसिर– महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा पर्सामा एक महिलाको शव फेला परेको छ । बैरियाविर्ता गाविस–८ पिपराको सीमखेतमा एक महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार मृतकको पहिचान भने हुन सकेको छैन । स्थानीयले दिएको जानकारीका आधारमा प्रहरीले शव नियन्त्रणमा लिई परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएको छ ।
शवको विषयमा अनुसन्धान सुरु भए पनि सनाखत नभएका कारण पनि समस्या भइरहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।