
भक्तपुर, १० मंसिर– काठमाडौंबाट धुलिखेल जाँदै गरेको बा२ख २६८७ नम्बरको बसबाट खसेर कौसलटारमा आज बिहान एक जनाको मृत्यु भएको छ ।
बसको ढोकामा झुण्डिएर आएका सिन्धुली कमलामाई नगरपालिका–११ का १९ वर्षीय निमेश बराल ढोकाबाट खसेको र बसमुनि परेका कारण बसले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बरालको शव अहिले भक्तपुर अस्पताल ल्याइएको छ भने चालक र बसलाई महानगरीय प्रहरीवृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।