
काठमाण्डु, १० मंसिर– नेपालको मध्य क्षेत्रमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।
गोरखा जिल्लाको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दू बनाएर राति ९ बजेर ३३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ४ दशमलब ५ रेक्टरसकेलको भूकम्प गएको थियो । भूकम्पको धक्का गोरखासहित तनहुँ, लमजुङ, धादिङ, नुवाकोट, रसुवा र चितवनसम्म महसुस गरिएको थियो । रातिको समयमा भूकम्प गएकाले त्यसबारे धेरैले चालै पाएनन् ।
भूकम्पबाट अहिलेसम्म भौतिक वा मानवीय क्षति भएकोबारे जानकारी नआएको प्रहरीले जनाएको छ ।