
काठमाण्डु, १० कात्तिक– नेपाल दक्षिण एसियाली सहयोग संगठन सार्कको अध्यक्षमा चुनिएको छ ।
राष्ट्रिय सभागृहमा सुरु १८ औं शिखर सम्मेलन उदघाटनका क्रममा माल्दिभ्सका प्रधानमन्त्री अब्दुल्लाह यमिनले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई अध्यक्षता हस्तान्तरण गरेका हुन् ।
दुई वर्षअघि मालेमा सम्पन्न १७ औं शिखर सम्मेलनबाट माल्दिभ्स सार्क अध्यक्ष बनेको थियो । अध्यक्षता हस्तान्तरण गर्दै यमिनले नेपालले अध्यक्षता गरेको कार्यकाल सफल होस् भन्ने कामना गरे ।
अध्यक्षता ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले अघिल्लो कार्यकालको सफल नेतृत्व गरेको र आफूलाई अध्यक्ष प्रस्ताव गरेकामा अब्दुल्लाहलाई धन्यवाद दिए ।
उनले नेपालले अध्यक्षता गरेको समयमा सदस्य राष्ट्रहरुबाट आपसी सहयोग र समन्वय हुनेमा विश्वास व्यक्त गरे ।
उनले सार्क मुलुकबीचको सहकार्य र समन्यवमा यस क्षेत्रको विकास र समृद्धि हासिल हुने बताए ।