
काठमाण्डु, १० मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनमा सहभागी पाँच सदस्य मुलुकका राष्ट्र/सरकार प्रमुख पहिलोपटक शिखर सम्मेलनमा भाग लिँदै छन् ।
अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुम र नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सार्क शिखर सम्मेलनमा पहिलोपटक सहभागी भई सम्बोधन गर्दै छन् ।
बंगलादेशका प्रधानमन्त्री शेख हसिना, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्ष यसअघि नै शिखर सम्मेलनमा सहभागी भइसकेका छन् ।