काठमाण्डु, १० मंसिर– दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ औं सम्मेलन आजदेखि काठमाण्डुमा सुरु हुँदैछ ।
‘शान्ति र समृद्धिका लागि गहन एकता’ भन्ने नाराका साथ राजधानीको राष्ट्रिय सभागृहमा बिहान साढे नौ बजे प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलन उदघाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा नेपालसहित ८ सदस्य राष्ट्रयका राष्ट्र तथा सरकार प्रमुख र नौ पर्यवेक्षक मुलुकका प्रतिनिधि सहभागिता रहनेछ ।
सम्मेलनमा भाग लिन , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री नवाफ सरिफ, श्रीलंकका राष्ट्रपति महिन्दा राजापाक्ष अफगानस्तिनका राष्ट्रपति असरफ घानी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र भुटानी प्रधानमन्त्री छिरिङ तोग्बे मंगलबारै काठमाण्डु आइसकेका छन् ।
स्थापनाको तीन दशकमा सार्क शिखर सम्मेलनका बेला बाचा गरिएका प्रतिबद्धता कार्यावन्यनमा ल्याउने र सदस्य राष्ट्रबीचको आपसी सम्बन्ध बलियो बनाउने विषयमा केन्द्रित हुनेछ ।
सम्मेलनमा माल्दिभ्सका राष्ट्रपतिले अध्यक्षा हैसियतमा सम्मेलन सुरु भएको औपचारिक घोषणा गर्नेछन् ।
त्यसपछि अध्यक्षता नेपाललाई हस्तान्तरण गर्नेछन् । सार्कमा प्रस्तावित प्रमुख तीन सम्झौता यातायात, रेलमार्ग र उर्जामा सहमति जुटेको छ । सम्झौतामा सहमति भए पनि यसको अन्तिम तय भने कार्यक्रम समितिले गर्ने छ ।