विर्तामोड, ९ मंसिर– झापाको विर्तामोडस्थित न्यूटन स्कूलको गर्ल्स होस्टलका इन्चार्ज सुप्रियो दास होस्टलमा बस्दै आएकी एक छात्रालाई जबर्जस्ती करणी गर्न खोजेका छन् ।
भारतीय नागरिक दासले गत कात्तिक २८ मा कक्षा १० मा अध्ययनरत एक छात्रालाई जबरजस्ती करणीको प्रयास गरेको बताइएको छ ।
पीडित बालिकाका परिवारले प्रहरीमा उजुरी गरेपछि घटना बाहिर आएको हो । दासलाई प्रहरीले प्रक्राउ गरी अनुसन्धान थालेको छ । दासले स्कुल बिदा भएपछि अरुहरुलाई घर पठाएर आफूर्ला मात्र होस्टेलमा राख्न खोजेको आरोप बाmिकाले लगाएकी छन् ।
दासले घटनाबारे कसैलाई बताए स्कूलबाट निकाल्ने र ज्यानसमेत लिने धम्की दिएको पीडित पक्षको आरोप छ । पीडित परिवारले भने विद्यालय प्रशासनले पीडकलाई छुटाउन आफूहरुलाई दबाब दिइरहेको बताएको छ ।