
रौतहट, ९ मंसिर– आफ्नै छात्रामाथि अभद्र व्यवहार गर्ने कार्यमा संलग्न रहेको आरोपमा लागेका रौतहटको एक विद्यालयका तीन शिक्षकमाथि कारबाही हुने भएको छ ।
प्रेमपुर गोनाही माविका ती शिक्षकलाई छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा कारबाही हुने भएको हो ।
विद्यालय व्यवस्थापन समितिले निजी स्रोतका शिक्षक धीरेन्द्र साह र लेखापाल अरविन्द यादवलाई बर्खास्त गनुृका साथै स्थायी शिक्षक अनिल यादवलाई सरुवा गर्ने निर्णय गरेको हो ।
प्रधानाध्यापक रामएकवाल यादवले विद्यालय व्यवस्थापन समिति, विद्यार्थी र विद्यालय प्रशासनबीचको सहमतिमा तीनैजनामाथि कारबाही गरिएको बताए ।
यादवका अनुसार उनीहरुले छात्राहरुलाई जिस्काउनुका साथै पटकपटक दुव्यर्वहार गर्ने गरेका थिए ।