सार्कका बेला कोमल र हिमानीका साथ किन नगरकोट गए ज्ञानेन्द्र ?

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते १६:१५ मा प्रकाशित

YP_Itahari_purva raja ganendra-1काठमाण्डु, ९ मंसिर– पूर्वराजा ज्ञानेन्द्र शाह आराम गर्न भन्दै मंगलबार साँझ नगरकोट पुगेका छन् ।

१८ औं शिखर सम्मेलनमा भाग लिन सार्क राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुख काठमाण्डु आइपुगेकै ज्ञानेन्द्र नगरकोट गएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमल, हिमानी तथा नातिनातिनाका साथ अपराह्न चार बजे नागार्जुनबाट निस्केका थिए । श्रोतका अनुसार त्यहाँ उनले पाँच रात बिताउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us