माेदी साेल्टी हाेटल पुगे

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते ६:०८ मा प्रकाशित
काठमाण्डु, ९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी साेल्टी हाेटल पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै साेल्टी हाेटल पुगेका हुन् ।
माेदीकाे स्वागतमा शिक्षामन्त्री चित्रलेखा यादव साेल्टी हाेटलमा थिइन् ।
Modi at Solti

माेदी यसपछि नेपाली सेनाका लागि हेलिकप्टर प्रदान गर्ने समारोहमा सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली सेनालाई हेलिकप्टर प्रदान गरेपछि भारतीय प्रम मोदी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिने अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक सतलज विद्युत् निगमसँग लगानी बोर्डले गर्न लागेको पिडिए सम्झौतामा व्यस्त हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us