
काठमाण्डु, ९ मंसिर– अठारौं सार्क शिखर सम्मेलनमा सहभागी हुन माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन काठमाण्डु अाइपुगेका छन् ।
यसअघि नै भुटानका प्रधानमन्त्री छिरिङ तोव्गे र अफगानिस्तानका राष्ट्रपति असरफ घानी काठमाण्डु आइपुगेका छन् ।
बिहान ११ः१५ मा घानी र ११ : ५० मा ताेब्गे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
श्रीलंकाली राष्ट्रपति महेन्दा राजापाक्षे पत्नि सिरान्थीका साथ काठमाण्डु आइपुगेर अाजै लुम्बिनी प्रस्थान गरिसकेका छन् ।
राजापाक्ष नेपाल आउने पहिलो अतिविशिष्ट पाहुना हुन् । उनी विशेष विमानमार्फत पूर्वनिर्धारित समयभन्दा ५४ मिनेटपछि बिहान १० बजेर १५ मिनेटमा अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
सबै पाहुनाकाे स्वागत उपप्रधानमन्त्रीहरु वामदेव गाैतम र प्रकाशमान सिहले गरिरहेका छन् ।