
काठमाण्डु, ९ मंसिर– बुधबारदेखि सुरु हुने दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ ओं सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख आउने क्रम सुरु भएको छ ।
सार्कमा भाग लिन श्रीलंकाली राष्ट्रपति महेन्दा राजापाक्ष पत्नि सिरान्थीका साथ काठमाण्डु आइपुगेर अाजै लुम्बिनी प्रस्थान गरिसकेका छन् ।
राजापाक्षे नेपाल आउने पहिलो अतिविशिष्ट पाहुना हुन् । उनी विशेष विमानमार्फत पूर्वनिर्धारित समयभन्दा ५४ मिनेटपछि बिहान १० बजेर १५ मिनेटमा अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
राजापाक्षेलाई आयोजकका तर्फबाट उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे ।
राजापाक्षको स्वागतमा लुम्बिनीको मायादेवी मन्दिरमा स्वागत तथा अभिनन्दन गरिएको छ । उनले मायादेवी मन्दिरमा २० मिनेट पूजा गरेका थिए । उनले लुम्बिनीमा करिव दुई घण्टा बिताउनेछन् ।
लुम्बिनी भ्रमण सकाएर राजापाक्ष आजै अपराह्न काठमाण्डु फर्कने छन् ।