काठमाण्डु, ९ मंसिर– ‘घर शान्ति नै विश्व शान्तिको आधार: महिला हिंसाविरुद्ध शुन्य सहनशीलता कायम गरौ’ भन्ने नाराका साथ विभिन्न सचेतनता मुलक कार्यक्रम गरी महिला हिंसाविरुद्धको अभियान आजदेखि सुरु हुँदैछ ।
अभियानका अवसरमा महिला हिंसाविरु सक्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाले विविध कार्यक्रम गर्दैछन् ।
दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री सुशील कोइरालाले दिशो शान्ति, समतमुलक समाज, समावेशी लोकतन्त्र र न्यायमा आधारित विकास हासिल गर्न महिला हिंसा मुख्य बाधक रहेको बताएका छन् ।
महिला हक अधिकार र समानताका विषय कानून र संविधानमा उल्लेख भएर पनि कार्यान्वन हुन नसक्दा आर्थिक, समाजिक, सांस्कृतिक, राजनीतिक, संरचनागत विभेद कायम रहेको प्रधानमन्त्रीको सन्देशमा छ ।
उनले सरकार महिलाविरुद्धको कानूनी भेदभाव हटाएर महिलामैत्री समाज निर्माण गर्न सदैव तयार हरको प्रतिबद्धता जनाउँदै १६ दिने अभियानले सरकारलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यस्तै महिला बालबालिका तथा समाजकल्याणमन्त्री निलम केसी खड्काले लैंगिक हिंसालाई मानवताविरुको अपराधको संज्ञा दिँदै लैगिक हिंसा अन्त्य गरी समानतामुलक समाज निर्माण गर्ने कार्यमा सघाउन समाजका सबै वर्गसँग आग्रह गरेकी छन् ।