
काठमाण्डु, ९ मंसिर– १८ औं सार्क शिखर सम्मेलन अवधिभर राजधानीसहित केही सहरमा लोडसेडिङ नहुने भएको छ ।
विद्युत प्राधिकरणले सार्क देशका राष्ट्र तथा सरकार प्रमुखहरुले भ्रमण गर्ने राजधानीकाहिरको लुम्बिनी र धुलिखेल क्षेत्र पनि लोडसेडिङमुक्त हुने बताएको छ ।
त्यसका लागि उर्जा मन्त्रालयले भारतबाट ५ सय मेगावाट थप विद्युत किनेको छ ।