
काठमाण्डु, ४ मंसिर–दोलखाको उत्तरी दूर्गमको क्षेत्रपा गाउँ विकास समितिस्थित क्षेत्रावती उच्च माध्यामिक विद्यालयले विद्यार्थी नियमित गराउन स्टील थाल उपहार दिन थालेको छ । अरु उपायभन्दा विद्यार्थी नियमित बनाउने यो उयाय सफल भएको छ ।
विद्यार्थीलाई नै पुरस्कृत गरी सक्रिय बनाएर नियमित गर्न निकै प्रयत्न गरे पनि असफल भएपछि आमालाई लोभ्याउन गरिएको यो थाल उपहार विद्यार्थी नियमित गराउन अचुक ओखती बनेको बताइन्छ ।
प्रधानाध्यापक पदम जिरेलले भने, ‘विद्यार्थीलाई शिक्षाप्रति जति सचेत गराए पनि र पुरस्कृत गरे पनि नियमित गराउन सकिएन । दिनदिनै अनियमित हुनेको सङ्ख्या वृद्धि हुँदै जान थालेपछि यो युक्ति अपनाइएको हो’, उनले भने, ‘अब अनियमित हुने दुई प्रतिशत मात्रै होलान । न्युन हुन थालेको सिकाई उपलब्धि पनि अहिले बढ्न थालेको छ ।’
गोरखापत्र दैनिकबाट