राउटे मुखियाका छाेरालाई बिहे गर्न इच्छुक केटी चाहियो

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते १:५७ मा प्रकाशित

rauteदैलेख, ४ मंसिर– उनी ३५ वर्षका भए । तै पनि बिहे भएको छैन । सँगैका साथीहरु छोराछोरी खेलाउने भइसके । विवाह गर्ने इच्छा नभएको होइन ।

विवाहका लागि राउटे केटी नपाउँदा नारायण शाहीलाई अविवाहित नै रहेर बुढो भइन्छ कि भन्ने चिन्ता छ । राउटे महामुखिया महिनबहादुर शाहीका जेठा छोरा नारायणको राउटेभित्रै जात नमिँल्दा अविवाहित हुनु परेको हो ।

अरु जातका केटीलाई बिहे नगर्ने भएकाले राउटेभित्रै आफ्नो जातको केटी नहुँदा एक्लै भएको छु,’ नारायणले भने,  ‘विहेका लागि जातमिल्ने केटी नै छैनन् ।’

नारायण मात्र होइनन् कल्याल जातीका ६ जना युवा र ४ युवती  उमेर छिपिसक्दा पनि अविवाहित छन् ।

रास्कोटी र सोवंशी जातीमा बिहे गर्ने केटा र केटी नहुँदा आफूहरू अविवाहित बस्नुपरेको ३२ वर्षीय शिवराज शाहीले बताए ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us