संघीय समाजवादीका अध्यक्ष एमालेमा

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ११:०२ मा प्रकाशित

सिन्धुपाल्चोक, २ मंसिर– अशोक राई नेतृत्वको संघीय समाजवादीका सिन्धुपाल्चोक जिल्ला अध्यक्षसहित केही कार्यकर्ता एमालेमै फर्किएका छन् ।

एमाले फर्कनेमा समाजवादीका जिल्ला अध्यक्ष रामकाजी थापा, जिल्ला सचिवालय सदस्य सुजन तामाङ तथा जिल्ला सदस्यद्वय पूर्णबहादुर तामाङ र सुनबहादुर तामाङ छन् ।

उनीहरु दोश्रो संविधानसभा निर्वाचनअघि एमाले छाडेर संघीय समाजवादीमा प्रवेश गरेका थिए ।

एमाले जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा उनीहरुले संघीय समाजवादी पार्टीमा रहेर जनताका पक्षमा काम गर्ने नसक्ने देखिएपछि पूरानै घर फर्किएको बताए ।

नवप्रवेशीहरुलाई नेता सुवास कर्माचार्य, जिल्ला अध्यक्ष झम्क नेपाल लगायतले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us