कांग्रेस-एमालेले हस्ताक्षर फिर्ता नगरे गम्भीर परिस्थिति अाउँछ: भट्टराई

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ११:०३ मा प्रकाशित

काठमाण्डु, २ मंसिर–  संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले कांग्रेस-एमालेले थालेको हस्ताक्षर फिर्ता नगरे गम्भीर परिस्थिति अाउने चेतावनी दिएका छन् ।

Baburam-Bhattarai_AP_20120907053211

भट्टराईले दुई दलको आगामी व्यवहारबाट थप प्रक्रिया निर्धारण हुने बताए । कांग्रेस-एमाले लगायतका दलले आफ्नो साझा प्रस्ताव संविधानसभाको बैठकमा लैजान दवाब दिने उद्देश्यले सोमबार ४३ सभासदको हस्ताक्षर समिति सभापति भट्टराईलाई बुझाएका थिए ।

भट्टराईले मंगलबार ‘समाचार नोट’ जारी गर्दै थप प्रक्रिया अगाडि बढाउन हस्ताक्षर प्रक्रिया सच्चिनुपर्ने भनेका छन् । ‘बल अब कांग्रेस-एमाले लगायतका दलहरुको कोर्टमा छ,’ उनले भनेका छन्-‘संविधानसभा र समितिबाहिर हस्ताक्षर गरेर दवाब दिने प्रक्रिया नसच्चिएसम्म स्थिति गम्भीर र असहज छ ।’

भट्टराईले उक्त हस्ताक्षरको कानुनी, राजनीतिक र संवैधानिक प्रभाव बारे कानुन व्यवसायीहरुसँग छलफल समेत गरेका छन् । उनले मंगलबार सभामुख सुवास नेम्वाङसँग पनि भेटेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us