सार्क सम्मेलनमा उपत्यकामा दुई दिन बिदा

काठमाण्डु टुडे २०७१ मंसिर २ गते १०:३५ मा प्रकाशित

काठमाण्डु, २ मंसिर– अठारौँ सार्क शिखर सम्मेलनका अवसरमा नेपाल सरकारले काठमाण्डु उपत्यकामा मंसिर १० र ११ गते सार्वजनिक बिदाको घोषणा गरेको छ ।

काठमाण्डु उपत्यकाका शैक्षिक संस्थाहरुमा मङ्सिर ९ देखि १२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, काठमाण्डु उपत्यकामा सञ्चालित निजी एवम् भाडाका सवारीसाधन मंसिर ८ देखि १२ गतेसम्म जोर-बिजोर गरी सञ्चालनमा ल्याइने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us