विवादित विषयमा जनमत सङ्ग्रहमा जाऔं : चन्द

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ९:२० मा प्रकाशित

विराटनगर, २ मंसिर । पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले दलहरुबीच सहमति नभए संविधानसभाका विवादित विषय जनमत सङ्ग्रह जानुपर्ने बताएका छन् ।
lokendra
विराटनगरमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चन्दले बहुमतभन्दा पनि सहमतिबाट संविधान ल्याउनुपर्ने बताए । विवादित विषय जनतामाझ लग्नुपर्ने चन्दको भनाइ थियो ।

सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयलाई जनतासँग लगेर उनीहरुको मनोभावबाट चयन गर्नुपर्ने नेता चन्दको सुझाव थियो । सङ्घीयतामा जाँदा सात प्रदेश नै उत्तम रहेको भन्दै नेता चन्दले दलहरु अझै जिम्मेवार र लचिलो भए आगामी माघ–८ गते संविधान जारी हुन सक्ने बताए ।

आफ्नो पार्टीभित्रको नेतृत्वको विवाद विशेष महाधिवेशन बोलाएर समाधान गर्नुपर्ने पक्षमा आफू रहेको समेत चन्दले बताए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us