सात लाख मूल्यका १४ कम्प्युटर चोरी

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ८:४७ मा प्रकाशित

कञ्चनपुर, २ मंसिर – भीमदत्तनगरपालिका– ६ ऐठपुरमा रहेको शान्ति निकेतन उच्च माविबाट झन्डै रु सात लाख ५० हजार मूल्य बराबरका १४ वटा कम्प्युटर चोरी भएका छन् ।

विद्यालयको कम्प्युटर कक्षामा लगाइएको ताला काटेर चोरले कम्प्युटर चोरी गरेका हुन् ।

विद्यालयको माथिल्लो तलाको कम्प्युटर कक्षाबाट १४ थान कम्युटर, १५ किबोर्ड, एउटा राउटर, आठ मल्टिप्लग, स्विचलगायतका सामान चोरिएको विद्यालयका प्रधानाध्यापक बहादुर चन्दले बताए

कम्प्युटर कक्षा पछाडि शौचालय नजिक चोरले कम्प्युटर ओसार्न प्रयोग गरेको डोको भेटिएको उनले बताए। गएराति  चोरले चोरी गरेको हुनसक्ने आशङ्का उनले व्यक्त गरे ।

चोरले बिग्रिएको कम्प्युटर छाडेर गएकाले विद्यालयबारे जानकार व्यक्तिले चोरी गरेको हुनसक्ने उनकाे भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरभद्र खडायतले चोरीमा संलग्नको खोजी कार्य सुरु गरिएको बताए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us