मामाका छोरा र फुपुकी छोरीबीचको अनैतिक सम्बन्ध गाउँलेले चाल पाएपछि……

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ९:२२ मा प्रकाशित

बर्दिया, २ मंसिर– बर्दियाको कालिका गाविस– ५ की २६ वर्षीया गीता सार्की र नातामा मामाका छोरा पर्ने लम्की–चुहा नगरपालिका– ६ का २६ वर्षीय भीमबहादुर सार्कीले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार उनीहरु दुवै जामुनको रुखमा एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

आफूहरुबीच अनैतिक सम्बन्ध रहेको समाजले थाहा पाएपछि सँगै झुण्डिएर आत्महत्या गरेको खुल्न आएको लम्कीका प्रहरी निरीक्षक जगन्नाथ खनालले जानकारी दिए ।

उनीहरु दुवै विवाहित हुन् । दुवैको घरमा बच्चाबच्ची समेत छन् । खनालले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us