फोनबाट बोलाएर तपश्वीको घाँटी रेटी हत्या

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ९:०१ मा प्रकाशित

रौतहट, २ मंसिर– रौतहटको भसेढवा–९ फेदीचोकमा एक शिक्षकको गएराति हत्या भएको छ ।

स्थानीय माध्यामिक विद्यालयका शिक्षक बडेरवाका २६ वर्षीय तपश्वीराय यादवको हत्या धारिलो हतियारले घाँटी रेटी हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसी भीम ढकालले रातको समयमा टेलिफोन गरी जरुरी काम रहेको भन्दै घरभन्दा केही पर बोलाएर हत्या गरिएको जानकारी दिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले उद्धार गरी अस्पताल पुर्‍याएकामा उनको उपचारका क्रममा तत्काल मृत्यु भएको हो ।

यसैबीच हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य केही फरार रहेको र उनीहरुलाई पनि छिट्टै पक्राउ गरिने ढकालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us